२०८३ कात्तिक ११ गते मंगलबार

चितवनमा ग्यारेजमा आगलागी हुदाँ ३२ मोटरसाइकल जल्यो

चितवनमा ग्यारेजमा आगलागी हुदाँ ३२ मोटरसाइकल जल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ८ गते मंगलबार ११:४५

नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन  बाँकी छ ।

चितवन । चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका-१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ : ५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेका छन् । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन  बाँकी छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ८ गते मंगलबार ११:४५
हजुरको प्रतिक्रिया