२०८३ कात्तिक ११ गते मंगलबार

आगोले जलेर तनहुँका बालकको मृत्यु

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २४ गते बिहीबार १०:३९

घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा

तनहुँको भिमादमा आगोले जलेर ९ बर्षीय बालकको मृत्यु भएको छ । भिमाद नगरपालिका–७ अर्चलेका सुभाष थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । सोमबार साँझ भान्सा कोठामा आगो ताप्दै गर्दा उनी जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए ।

घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राती निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २४ गते बिहीबार १०:३९
हजुरको प्रतिक्रिया