चर्चाको विषय
बेलायत । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) का सहमालिक बनेका छन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्ट इम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।
यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो ।
गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्टइम्प्रेसले लेखेको छ र यसलाई दीपेन्द्रले सेयर पनि गरेका छन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।
यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन् । सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग गुरुङको यसबारे बैठक पनि भएको छ ।
सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग मिस वर्ल्ड क्यारोलिना बिलावास्का र दीपेन्द्र गुरुङ सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ । नेपालमा मिस वर्ल्ड गर्ने कुरा दीपेन्द्रले उल्लेख गरे पनि मिति भने जनाइएको छैन ।
सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग मिस वर्ल्ड क्यारोलिना बिलावास्का र दीपेन्द्र गुरुङ सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ ।
कोलकातामा दुर्गा पूजाका क्रममा भागदौडः १९ जनाको मृत्यु, आयोजकसहित १० जना नियन्त्रणमा
२०८३ कात्तिक ३ गते सोमबार ०६:३३इटालीमा महँगीविरुद्धको आन्दोलन चर्कियोः दर्जनौँ घाइते, ६० भन्दा बढी पक्राउ
२०८३ कात्तिक ३ गते सोमबार ०६:३२दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
२०८३ असोज २० गते मंगलबार ०२:५१चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
२०८३ भदौ १३ गते शनिबार ११:५८