२०८३ साउन २१ गते बिहीबार

गठबन्धन बलियो छ, यसपटक कास्कीको लालकिल्ला ढल्छ: विश्वप्रकाश लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०१:०१

पाँच राजनैतिक पार्टीको साझा उम्मेदवार भएकाले पाँच वर्षसम्म पोखराको विकासका लागि साझा रुपमा अघि बढ्ने पनि उनले बताए ।

पोखरा । कास्की क्षेत्र नं २ प्रदेश सभा (क) का गठबन्धन तर्फका उम्मेदवार माओवादी नेता विश्वप्रकाश लामिछानेले यसपालीको चुनावले चार किल्ला ढल्ने बताएका छन् ।

उनले अहिलेको यो गठबन्धन नटुट्ने दावीसमेत गरेका छन् । पाँच राजनैतिक पार्टीको साझा उम्मेदवार भएकाले पाँच वर्षसम्म पोखराको विकासका लागि साझा रुपमा अघि बढ्ने पनि उनले बताए ।

लामिछानेले राजनीतिक परिवर्तन भएपनि आर्थिक विकास हुन नसकेको बताए । उनले भने, ‘राजनीतिक परिवर्तन भए तर आर्थिक विकास हुन सकेन । अब गठबन्धन कस्सिएर लाग्नेछ ।’

उनले ४० वर्षदेखि समाजसेवामा आफू लागेकाले पोखराको सम्पदाको संरक्षणमा आफू लागिपर्ने बताए ।

पब्लिक टेलिभिजनको निर्वाचन विशेषका लागि रघुनाथ वाग्लेले लामिछानेसंग लिनुभएको अन्तरवार्ता हेरौं :

 

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०१:०१
हजुरको प्रतिक्रिया