२०८३ असोज २३ गते शुक्रबार

पुनस्थापना केन्द्रका सेवार्थीका लागि टेबुलटेनिस खेल अभिमुखिकरण

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०५:२९

पोखरा । इन्टरनेश्नल टेबुल टेनिस फिडेरेशन (आइटिटिएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित टेबुलटेनिस फर न्यु लाईफ (TTNL) परियोजनाले पुनस्थापना केन्द्रमा उपचाररत सेवार्थी तथा कर्मचारीहरुलाई १ दिने टेबुल...

पोखरा । इन्टरनेश्नल टेबुल टेनिस फिडेरेशन (आइटिटिएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा संचालित टेबुलटेनिस फर न्यु लाईफ (TTNL) परियोजनाले पुनस्थापना केन्द्रमा उपचाररत सेवार्थी तथा कर्मचारीहरुलाई १ दिने टेबुल टेनिस खेल अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

जिल्ला टेबुलटेनिस संघ कास्कीको समन्वयमा संघका अध्यक्ष उत्तम जोशी सहितको टोलिले सहभागीहरूलाई संयुक्त सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा संचालन गरी टेबुलटेनिस खेलको आधारभूत सिद्धान्त, महत्व, न्युनतम मापदण्ड र यसका अवसरहरु बारे प्रकाश पारेका थिए ।

 

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी सेवार्थी मध्ये एक प्रतिनिधि सेवार्थिले पुनस्थापना केन्द्रमा संचालित विविध कार्यक्रमका साथै टेबुलटेनिस खेल कार्यक्रमले उत्साहित भएको बताए ।

 

संस्थाका द्वितीय उपाध्यक्ष मंगल बहादुर नेपालीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उनले पुनस्थापना केन्द्रले प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम नियमित रूपमा आगामी ३ बर्ष सम्म संचालन गरिने बताए ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०५:२९
हजुरको प्रतिक्रिया