२०८३ साउन २१ गते बिहीबार

डा. केसीका माग सम्बन्धमा प्रतिनिधिबीच वार्ता सुरु

डा. केसीका माग सम्बन्धमा प्रतिनिधिबीच वार्ता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २२ गते बिहीबार १२:४३

काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले जानकारी दिए । डा केसी विगत २५...

काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले जानकारी दिए ।

डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन् । अनसनको २४ दिनमा सरकारले बुधबार तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।

केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो । जसमा  नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन् ।

प्रकाशित मिति २०७७ असोज २२ गते बिहीबार १२:४३
हजुरको प्रतिक्रिया