२०८३ साउन २१ गते बिहीबार

पोखरामा आज एकैदिन २९ जनामा कोरोना संक्रमण

पोखरामा आज एकैदिन २९ जनामा कोरोना संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ०८:२१

पोखरामा २९ जना सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पोखराको क्षयरोग उपचार केन्द्र भएको परीक्षणमा कास्कीको पोखरामा २९ जना, तनहुँमा २ जना र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

पोखरामा २९ जना सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार पोखराको क्षयरोग उपचार केन्द्र भएको परीक्षणमा कास्कीको पोखरामा २९ जना, तनहुँमा २ जना र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरामा १८ जना पुरुष र १२ जना महिलामा कोरोना देखिएको हो । त्यसै गरी नवलपुरको गैडाकोट एक पुृरुष, कावासोती एक महिला र देवचुलीका एक पुरुष, तनहुँको भानुका दुई महिलामा कोरोना देखिएको हो ।
उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ३ सय ८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
त्यस मध्ये १ हजार ७ सय १२ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ०८:२१
हजुरको प्रतिक्रिया