२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेश

माओवादी मन्त्री चुमानको दाबीः गण्डकीमा आलोपालै हो, खगराजपछि म मुख्यमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार ०८:१४

खगराज नेतृत्वमा मन्त्री भएर जानुका पछाडि आधा कार्यकाल सरकारको नेतृत्व गर्न सजिलो होस् भन्नकै लागि भएको चुमानकाे दाबी

पोखरा
नेकपा माओवादी संसदीय दल गण्डकीका नेता हरिबहादुर चुमानले आधा कार्यकाल सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् ।

आधा कार्यकाल मुख्यमन्त्रीमा खगराज अधिकारीलाई सघाउने र त्यसपछि आफू मुख्यमन्त्री बन्ने हिसाबले नै सरकारमा गएको चुमानले बताएका हुन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिहीबार विश्वासको मत लिँदै छ । विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ बिहीबार पब्लिक टिभीकाे कार्यक्रम ‘द भ्यू’ मा कुराकानी गर्दै गण्डकीमा पनि आलो पालो नै सरकार सञ्चालन हुने दाबी गरेका हुन् ।

खगराज नेतृत्वमा मन्त्री भएर जानुका पछाडि आधा कार्यकाल सरकारको नेतृत्व गर्न सजिलो होस् भन्नकै लागि भएको बताए ।

‘सुरुमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई समर्थन दिने भन्ने निर्णय भयो । त्यसपछि आलोपालोको कुरा आयो र आलोपालो नै हुन्छ,’ चुमानले भने, ‘पछिल्लो समय आलोपालो हुनुपर्छ भन्ने विषय झनै बलियो भएर आएको छ ।’

सरकारलाई सफल पार्नका लागि दलको नेताकै नेतृत्वमा मन्त्रिपरिषदमा जाँदा उपयुक्त हुन्छ भन्ने भएकैले आफू मन्त्री भएर गएको चुमानको दाबी छ ।
आधा कार्यकालका लागि मुख्यमन्त्रीपछिको दोस्रो मन्त्रालय आफ्नो पहिलो रोजाइ भएको चुमानले बताए ।

यसपटक गण्डकीमा मन्त्रालयको संख्या १२ बाट घटाउने तयारी भइरहेको र दोस्रो बरियताको मन्त्रालय अर्थ वा भौतिक पूर्वाधार माओवादीको भागमा पर्ने चुमानले बताए ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०८:१४
हजुरको प्रतिक्रिया