२०८३ साउन २१ गते बिहीबार

२ महिनामै चार करोड भ्रष्टाचारको अफर भयो, स्वीकारिनः पञ्चराम गुरुङ, मन्त्री, गण्डकी प्रदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १५ गते बुधबार १२:२८

उनले भने, 'नियत त्यस्तै हुुनेले गर्छन्, मलाई छोटो समयमा नै दुई चार करोडको अफर भयो, मैले स्वीकारिन' ।

पोखरा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वस्थ्य मन्त्री पञ्चराम गुरुङले मन्त्रीले छोटो समयमा नै आफूलाई दुई चारकरोडको भ्रष्टाचारको अफर भएको खुलासा गरे ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै मन्त्री गुरुङले दुई चार करोड पैसाको अफर भएपनि आफूले त्यसलाई स्वीकार नगरेको बताए । उनले भने, ‘नियत त्यस्तै हुुनेले गर्छन्, मलाई छोटो समयमा नै दुई चार करोडको अफर भयो, मैले स्वीकारिन’ । मन्त्री गुरुङले कामको विषयमा भ्रष्टाचार गर्ने नियतमले कसैकोमा गएर एक कप चिया पनि नपिएको बताए । उनले कसैकोमा भेटेको भए आफू उसको घरमा नोकर बस्न तयार रहेको पनि सुनाए ।

पूरा अन्तर्वार्ताका हेर्नका लागिः

प्रकाशित मिति २०७९ चैत १५ गते बुधबार १२:२८
हजुरको प्रतिक्रिया