२०८३ साउन २१ गते बिहीबार

पोखरा रामघाटमा पब्लिकको विशेष स्टीङ अपरेशनः महानगरको राजश्व कर्मचारीको खल्तीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २५ गते शनिबार ०३:०४

टेण्डर नपरेपछि पोखराको रामघाटमा महानगरकै कर्मचारी बसेर नदीजन्य सामाग्रीको रोयल्टी उठाइरहेका छन् । 

पोखरा

पोखरा महानगरपालिकाको पोखरा रामघाटमा उठाइएको नदीजन्य सामग्रीको राजश्व संकलनमा अनियमितता गरेको भेटिएको छ । पोखरा रामघाटमा पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको विशेष स्टीङ अपरेशनले यसलाई तथ्यसहित बाहिर ल्याएको छ ।

पोखरा महानगरले रामघाट क्षेत्रको राजश्व संकलनका लागि ४ पटक सम्म ठेक्का आब्हान गर्दा पनि कसैको टेण्डर परेको थिएन । टेण्डर नपरेपछि पोखराको रामघाटमा महानगरकै कर्मचारी बसेर नदीजन्य सामाग्रीको रोयल्टी उठाइरहेका छन् ।

राजश्व संकलनमा खटिएका नगर प्रहरीले सबै सवारी साधनसंग मिलेमतोमा राजश्व उठाइरहेको प्रष्ट देखिन्छ । व्यवसायी र कर्मचारी दुवैलाई फाइदा हुनेगरि सेटिङ मिलाएर पैसा आफ्नो खल्तीमा हालेको छन् । यसमा क–कस्को संलग्नता छ भन्नेबारे खुल्न बाकी छ । पब्लिक टेलिभिजनको कार्यक्रमको  स्टीङ अपरेशन पछि दोषीलाई कारबाही गर्ने पोखराका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन ।

कार्यक्रमको पुरा श्रंखला तलको लिंकमा हेर्नुहोस्:

प्रकाशित मिति २०७९ चैत २५ गते शनिबार ०३:०४
हजुरको प्रतिक्रिया