२०८३ साउन २१ गते बिहीबार

पोखरा रामघाटमा राजश्व संकलनबारे जाँचबुझ समिति गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २९ गते बुधबार ०५:५५

समितिलाई जाँचबुझ गर्नका लागि ७ दिनको समय दिइएको छ ।

पोखरा

पोखरा रामघाटमा भइरहेको राजश्व छली बारे बुझ्न महानगरले जाँचबुझ समिति गठन गरेको छ । पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा पोखरा रामघाटमा भइरहेको राजश्व छलीबारेको स्टीङ अपरेशन गरेपछि पोखरा महानगरपालिकाको ध्यानकर्षण भएको छ ।

रामघाटमा नदीजन्य पदार्थमा लगाइने राजश्व महानगरलाई नबुझाई कर्मचारीको खल्तीमा गएको प्रमाणसहित कार्यक्रम प्रसारण गरिएको थियो । सोहीबारे छानबिनका लागि कृषि महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा तीन सदस्यीय रामघाट राजश्व जाँचबुझ समिति चैत् २६ गते गठन भएको छ ।

समितिलाई ७ दिनको समय दिइएको छ । जाँचबुझ समितिमा कडरियासँगै रोमनाथ उपाध्यय, भरत पौडेल रहेका छन् । गत चैत २६ देखि समितिले छानबिनको काम अघि बढाएको छ । छानबिन समितिले अहिलेसम्म फिल्ड अनुगमन र सोधपुछको काम गरिरहेको समिति सदस्य रोमनाथ उपाध्ययले बताए । साथै समितिले कार्यक्रमका प्रस्तोता पत्रकार अपिल त्रिपाठीलाई प्रमाण बुझाएर सहयोगका लागि अपिल पनि गरेको छ ।

प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०५:५५
हजुरको प्रतिक्रिया