नवलपुर
कावासोती नगरपालिकाले किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
नगरपालिकामा रहेका २२ वटा कृषक समूहलाई कृषि उपकरण वितरण गरेको हो ।
कृषि सहकारी, कृषक समूह र फर्म दर्ता गरेर व्यवसायिक रुपमा कृषि कर्म गरिहेका किसानलाई नगरपालिकाले २२ थान छाटी काट्ने मेसिन २२ थान, स्प्रे ट्यांकी १० थान, धान काट्ने मेसिन ५ थान, पोखरीमा माछालाई अक्सिजन दिने मेसिन एरिएटर १ थान, धान काट्ने मेसिन ५ थान, दाना बनाउने मेसिन ४ थान वितरण गरेको छ ।
हाते ट्याक्टर ३ थान, ड्याङ बनाउने मेसिन र पम्प २/२ थान किसानलाई हस्तानतरण गरिएको छ । १ थान मकै छोडाउने मेसिन पनि समेत वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
नगरपालिकाले १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण किसानलाई हस्तानतरण गरेको कृषि शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।
नगरपालिकाको ७५ प्रतिशत अनुदान र कृषकले २५ प्रतिशत लागत साझेदारी गरेका उनले जानकारी दिए ।
कावासोती नगरपालिकाले किसानलाई बर्षेनी ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गर्दै आइरहेको छ ।
प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०६:१७



