पोखरा
पब्लिक टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम गण्डकी छड्केले पछिल्लो ३ महिनामा गरेका ५ वटा स्टीङ अपरेशनबाट ३ जना कर्मचारीको जागिर गएको छ । पोखरा महानगरका २ र मालपोत कास्कीका १ कर्मचारीले जागिर बाट हात धुनु परेको हो । डिभिजन वन कार्यालय चितवनका १ कर्मचारी निलम्बनमा परेका छन । उनी माथी थप छानबिन भइरहेको छ ।
त्यस्तै मालपोत कास्की र पोखरा महानगरका गरी ४ कर्मचारीलाई विभागिय कारबाही भएको छ भने इच्छाकामना गाउँपालिकाका ३ कर्मचारी माथी अख्तियारले अनुसन्धान गरिरहेको छ । मालपोत लेखनाथको विषयमा गरिएको रिपोर्टिङ सार्वजनिक भए पछि भुमि व्यवस्था मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले छानबिन गरी कारबाही अगाडी बढाउन विभागका निर्देशक पद्म निधी सोतीलाई निर्देशन दिएकी थिइन । मन्त्रीको निर्देशन पछि विभागले अहिले छानबिन गरिरहेको छ ।
यसो त अख्तियारले गण्डकी छड्केमा गरीएको ५ वटै रिपोटीङको फाइल तानेर थप अनुसन्धान गरिरहेको छ । अख्तियारले अनुसन्धान पछि थप कर्मचारी कारवाहिमा पर्ने निश्चीत छ । पछिल्लो तिन महिनामा गरिएको रिपोर्टिङ र तिनको फलोअपको समिक्षा सहित गण्डकी छड्केको नयाँ श्रृखला सार्वजनिक भएको छ ।
पब्लिक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारित कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस:
प्रकाशित मिति २०८० जेठ १३ गते शनिबार १२:१५



