२०८३ असोज २४ गते शनिबार

आफूविरुद्ध पार्टीका दुई सांसद लागेका कारण मन्त्री बन्न पाइएन: सांसद थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १३ गते शनिबार ०२:३७

यसबारे पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै सांसद थापाले पार्टीका केही दुषित तत्वहरुले आफूलाई मन्त्री हुन नदिन नांगिएर लागेको बताए ।

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार समेत रहेका सांसद विन्दुकुमार थापाको यसपटक मन्त्री बन्ने सपना पूरा हुन सकेन ।

पार्टीकै केन्द्रीय नेता सुरेन्द्रराज पाण्डे मुख्यन्त्री बनिसकेपछि थापाले मन्त्री पद पाउलान् भन्ने आश गरेका थिए । पाण्डेलाई मुख्यमन्त्रीमा सहयोग गरि मन्त्री पद पाउने आश्वासन केन्द्रले उनलाई दिएको थियो । तर अन्तिममा उनले पाउनै लागेको मन्त्री पद खोसियो ।

यसबारे पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै सांसद थापाले पार्टीका केही दुषित तत्वहरुले आफूलाई मन्त्री हुन नदिन नांगिएर लागेको बताए ।

मन्त्रीमा दोहोर्याउन हुन्न भन्दै पार्टीका दुई सांसद आफू विरुद्ध लागि परेका कारण आफ्नो मन्त्री पद गुमेको उनको दावी छ । उनले भने, ‘आफू विरुद्ध लागेका दुईजनाले अनेकौं आक्षेप लगाए, आफू मन्त्री बन्न उहाँहरुले त्यसो गर्नुभयो तर अन्तिममा उहाँहरु पनि मन्त्री हुन सक्नुभएन ।’ तर उनले ती दुई सांसद को हुन् भन्नेबारे खुलाएनन् ।

पूरा कार्यक्रम तलको लिंकमा

प्रकाशित मिति २०८० जेठ १३ गते शनिबार ०२:३७
हजुरको प्रतिक्रिया