२०८३ साउन २१ गते बिहीबार

सरकारले २/४ लाखका योजना नहाल्ने भनेर फेरि त्यस्तै कार्यक्रम ल्यायो: सांसद रुचाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार १४ गते बिहीबार ०६:३३

पब्लिक फोर के टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा कुराकानी गर्दै रुचालले संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकता के हो भन्ने एकीन हुन नसकेको टिप्पणी गरिन् ।

पोखरा

गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले सरकारले २/४ लाखका योजना नहाल्ने भनेर फेरि त्यस्तै कार्यक्रमलाई निरन्तरता दिएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्रबाट सांसद बनेकी रुचालले सरकारले बजेटमा स्थानीय सरकारले ल्याउने किसिमको कार्यक्रम ल्याएको बताएकी हुन् ।

नवरपुरकी सांसद रुचालले २/५ लाखका योजना नहाल्ने सत्तापक्ष र विपक्षसमेतको राय हुँदा हुँदै फेरि पनि त्यस्तै कार्यक्रम आएको बताइन् ।

पब्लिक फोर के टेलिभिजनको कार्यक्रम ‘द भ्यू’मा कुराकानी गर्दै रुचालले संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकता के हो भन्ने एकीन हुन नसकेको टिप्पणी गरिन् ।

सांसद रुचालले बजेटमा सांसदका कार्यक्रमलाई कर्मचारीले तोडमोड गरेको आरोपसमेत लगाएकी छन् ।

प्राथमिकताका आधारमा मन्त्रीहरुले मागेअनुसारै योाजना दिएको तर बजेट टाइप गर्ने, बनाउने कर्मचारीले नहाले पनि हुने कार्यक्रम हालेकोसमेत रुचालले बताइन् ।

मन्त्रीहरुले सांसदकै कार्यक्रम हालेको बताउने तर रातो किताब पल्टाएर हेर्दा नदेखिएको रुचालको भनाइ थियो ।

प्रकाशित मिति २०८० असार १४ गते बिहीबार ०६:३३
हजुरको प्रतिक्रिया