२०८३ असोज २४ गते शनिबार

केही कलाकारले तीजको गीतमा बठ्याइँ गरेः पुरुषोत्तम न्यौपाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १ गते सोमबार ०१:५१

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै वरिष्ठ लोकदोहोरी गायक न्यौपानेले पछिल्ला गीतहरुमा तीजका मर्मकाे गुदि नभएको गुनासो गरे ।

पोखरा

वरिष्ठ लोकदोहारी गायक पुरुषोत्तम न्यौपानेले मौलिक तीजको गीतलाई संरक्षण गनुपर्नेमा जोड दिएका छन् । उनले अहिले नै मौलिक तीज गीतको संरक्षण नभए आगामी पुस्तामा पुग्दा तीजको मौलिक गीत नरहने सुनाए ।

पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूमा बोल्दै वरिष्ठ लोकदोहोरी गायक न्यौपानेले पछिल्ला गीतहरुमा तीजका मर्मकाे गुदि नभएको गुनासो गरे । उनले केही कलाकारहरुले तीजको गीतका नाममा सामान्य लोकदोहोरी गीत सार्वजनिक गरेर बठ्याइँ गरेको आरोप लगाए ।

उनले गीतसंगीत सांस्कृतिक विषयमा यस्तो बठ्याइँ गर्न नहुने सुनाए ।

पूरा कार्यक्रमका लागि तलको लिंक क्लिक गर्नुहोस्

प्रकाशित मिति २०८० असोज १ गते सोमबार ०१:५१
हजुरको प्रतिक्रिया