२०८३ साउन २१ गते बिहीबार

पाेखरामा हाेटलमा काम लगाइदिने बहानामा याैन शाेषण, ३ पक्राउ

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २१ गते शनिबार १२:२१

पाेखरा होटलमा काम मिलाइदिने बहानामा यौन व्यवसायमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–९, पृथ्वीचोकका २९ वर्षीय प्रविण गुरुङ, काठमाडौं शंखमुल २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७...

पाेखरा

होटलमा काम मिलाइदिने बहानामा यौन व्यवसायमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–९, पृथ्वीचोकका २९ वर्षीय प्रविण गुरुङ, काठमाडौं शंखमुल २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ का २६ वर्षीय राजेश ठकुरी छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार राति करिब ११ बजे एक बालिका र २ महिलासहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पोखरा ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले सुरुमा समस्यामा परेका बालबालिका तथा महिलालाई आफ्नो होटलमा ल्याएर सरसफाइको काम लगाउँथे ।

तर, त्यसको केही समयपछि राम्रो कमाइ हुने भन्दै प्रलोभनमा पारेर यौनजन्य क्रियाकलापमा लगाउँदै आएको प्रहरीको भनाइ छ ।

‘सुरुमा होटलमा सरसरसफाइको काम लगाउने अनि राम्रो कमाइ हुने लोभलालच र प्रलोभन देखाएर परपुरुषसँग भेट गराइदिने पाइएको छ’, जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार विकले भने, ‘परपुरुषसँग भेट गराइदिएपछि पोखराका विभिन्न होटलमा लगेर यौन शोषण गर्ने गरेको पाइएको छ ।’

डिएसपी विकले पक्राउ परेका तीनैजनामाथि मावन बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति २०८० पुस २१ गते शनिबार १२:२१
हजुरको प्रतिक्रिया