२०८३ साउन २१ गते बिहीबार

Untitled

बाग्लुङ बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ गरेको छ । छोरीको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षदेखि सुरु गरिएको यो कार्यक्रम शुभारम्भ भएको हो । नगरपालिकाले पहिलो छोरीका रूपमा बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीबाट कार्यक्रमको थालनी गरेको छ । प्रभु बैंकसँग सम्झौता गरि २०८० असार महिनापछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट पाँच हजार रुपैयाँ जम्मा गरिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले २० वर्षको लागि मुद्दती खातामा उक्त रकम जम्मा गरि दिएको उनको भनाइ छ । छोरीहरुको संरक्षण, छोरीहरुलाई गरीने विभेदको अन्त्य, बाल विवाहको उन्मुलनसहित उनीहरुलाई शिक्षित र स्वावलम्वन बनाउने उद्देश्यले ‘नगरकी छोरी’ शुभारम्भ गरेको प्रमुख श्रेष्ठ बताउँछन् । छोरीको जन्म भए पश्चात् छोरीको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी ‘नगरकी छोरी’ कार्यक्रम संचालन गरेको उनले जानकारी दिए । नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रुपमा उच्चतम् ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरिएको छ । छोरीको सुन्दर, सुरक्षित र सुखद भविष्यको लागि संचालन गरिएको यस योजनामा गत आषाढदेखि यता जन्मिएका छोरीहरुलाई सहभागी गराउन अभिभावकलाई आग्रह गरेको नगर प्रमुख श्रेष्ठले उल्लेख गरे ।

डम्मर बुढा मगर

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार ०८:२०

...

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार ०८:२०
हजुरको प्रतिक्रिया