२०८३ कात्तिक १० गते सोमबार

जंगली रातो बाँदर र बँदेल एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०९:५१

मन्त्रालयले गएको बिहिबार जारी गरेको राजपत्रअनुसार निजी खेत, खला, बारीमा प्रवेश गरी क्षति पु¥याउने जंगली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार अनुज्ञापत्र वेगर धपाउन, लखेटन र समात्न सकिनेछ । तर नियतवश भने जंगली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ ।

काठमाडौं ।

सरकारले जंगली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

यो घोषणापछि अब खेतबारीमा पस्ने रातो बाँदर र बँदेललाई धपाउन, लखेट्न र समात्न औपचारिक रुपमा कानूनी बाटो खुलेको छ ।

यसरी बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन । तर नियतवश भने मार्न पाइँदैन ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।


मन्त्रालयले गएको बिहिबार जारी गरेको राजपत्रअनुसार निजी खेत, खला, बारीमा प्रवेश गरी क्षति पु¥याउने जंगली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार अनुज्ञापत्र वेगर धपाउन, लखेटन र समात्न सकिनेछ । तर नियतवश भने जंगली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ ।

खेतवारीमा जंगली रातो बाँदर र बँदेलले पु¥याइरहेको क्षतिलाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०९:५१
हजुरको प्रतिक्रिया