२०८३ साउन २१ गते बिहीबार

तुलसीपुर उपमहानगरपालिकाको कर अब ‘मोरु’ वालेटबाट तिर्न सकिने

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १ गते बिहीबार ०१:४२

काठमाडौं । दाङस्थित तुलसीपुर उपमहानगरपालिकामा बुझाउनुपर्ने सम्पूर्ण कर अब मोरु वालेटमार्फत बुझाउन सकिने भएको छ । त्यसका लागि मोरु वालेट र तुलसीपुर उपमहानगरपालिकाबीच बुधबार एक सम्झौता भएको छ । योसँगै उपमहानगरपालिका सर्वसाधारणले...

काठमाडौं । दाङस्थित तुलसीपुर उपमहानगरपालिकामा बुझाउनुपर्ने सम्पूर्ण कर अब मोरु वालेटमार्फत बुझाउन सकिने भएको छ । त्यसका लागि मोरु वालेट र तुलसीपुर उपमहानगरपालिकाबीच बुधबार एक सम्झौता भएको छ । योसँगै उपमहानगरपालिका सर्वसाधारणले खाने पानी, बिजुली बत्तिको बिल तिर्न तथा व्यवसायीले कर कार्यालयमा कर तिर्न समेत मोरुको प्रयोग गर्न सक्नेभएका छन् ।

त्यसका लागि मोरुले सिस्टम निर्माण तथा परीक्षणको काम सम्पन्न गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आसुतोस शाह बताएका छन् । ‘हामीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छौं,’ शाहले भने, ‘चाँडै यो सिस्स्टमा लागू हुनेछ । त्योसँगै उपमहानगरपालिकाका सम्पूर्ण कर मोबाइल वालेटमार्फत भुक्तानी गर्न सकिने छ ।’

यसले स्थानीयलाई बिल भुक्तानी तथा कर भुक्तानीका लागि घन्टौँ लाइन बस्नुपर्ने झन्झट नहुने उनले बताए । उनका अनुसार दाङ तथा तुलसीपुर क्षेत्रमा हाल मोरुका ३० हजार भन्दाबढी प्रयोगकर्ता छन् ।

प्रकाशित मिति २०७८ पुस १ गते बिहीबार ०१:४२
हजुरको प्रतिक्रिया