पोखरा ।
नेपालमा आयोजना भइरहेको पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता ‘पीएमजी साउथ एसिया फाइनल्स’ आज अन्तिम चरणमा पुगेको छ ।
भदौ ३१ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सुरु भएको प्रतियोगिता आज समापन हुँदैछ ।
‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ मुख्य प्रायोजक रहेको प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रका खेलाडी तथा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताले नेपालमा पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको ई–स्पोट्र्स तथा गेमिङप्रति युवाको आकर्षणलाई थप उजागर गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्न पुगेका दर्शक तथा सहभागीका लागि कभर्ड हलमा ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क एक्सपेरियन्स जोन’ समेत सञ्चालन गरिएको छ । जहाँ विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि तथा मिनी गेमिङ प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
सहभागीले प्रतियोगितास्थलमै विभिन्न उपहार जित्ने तथा फोटो खिच्ने अवसरसमेत पाएका छन् ।
त्यस्तै, दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न ‘एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन’, ‘वाच पार्टी जोन’, ‘एक्स्ट्रिम गेमिङ च्यालेन्ज’ तथा ‘एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन’ सञ्चालनमा छन् ।
यी गतिविधिले प्रतियोगिता हेर्न पुगेका दर्शकलाई खेलसँगै प्रत्यक्ष सहभागिताको अवसर दिएको आयोजकको भनाइ छ ।
चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताले नेपालमा ई–स्पोट्र्सलाई प्रतिस्पर्धात्मक खेलका रूपमा स्थापित गर्न तथा आधुनिक गेमिङ संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।
प्रतियोगिताको अन्तिम दिन दशरथ रंगशालाको कभर्ड हलमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साहसमेत बढेको छ ।
प्रकाशित मिति २०८३ असोज ३ गते शनिबार ०३:१४




