पोखरा ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजेले आफ्नो २५ औं वार्षिकाेत्सव गरेकाे राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा पाेखराका फाेटाे पत्रकार प्रेम थापा पुरस्कृत भएका छन् । उनी गण्डकी प्रदेशकाे उत्कृष्ट फाेटाे पत्रकारबाट सम्मानित भएका हुन् ।
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधिका कँडेल, किरण आचार्य, रजनी तामाङ पर्न सफल भएका थिए । उनीहरुलाई उछिन्दै परिचय डटकममा कार्यरत थापाले अवार्ड हात पारेका हुन् । अवार्ड प्राप्त गरिसकेपछि प्रेमले आगामी दिनमा समेत फोटो पत्रकारितालाई निरन्तरता बताए ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्वध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले थिए ।
कार्यक्रममा अर्थमन्त्री शर्माले आफूले पनि फोटोग्राफी सम्बन्धि तालिम लिएको स्मरण गरे । फोटो पत्रकारका सुख दुखमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको भनाइ उनको थियाे ।
समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरी पाँच जना नोमिनेसनवाट छनेट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो ।
प्रकाशित मिति २०७९ असोज ७ गते शुक्रबार ०६:४९



