२०८३ साउन २१ गते बिहीबार

हिउँमा पुरिएर ४५ खच्चड मरे

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०१:३१

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न...

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फाका नौजनाको उद्धार गरिएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र सांग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।

घरपझोङ–२, मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ, धनराम तामाङलगायत व्यक्तिलाई धौलागिरि आधार शिविरबाट हेलिकोप्टरमार्फत उद्धार गरी मंगलबार ताकममा ल्याइएको थियो ।

“असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ,” माइकलले भने, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।”

चारजना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर पोखरा लगिएको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०१:३१
हजुरको प्रतिक्रिया