२०८३ साउन २१ गते बिहीबार

ताप्लेजुङमा फाेहरकाे थुप्राेभित्र ८९ थान सुनका गहना फेला पर्‍याे

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार ०८:२३

यसअघि चार जना लुटेरालाई प्रहरीले पक्राउ गर्दा उनीहरूको साथबाट १४३ तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले बरामद गरिएको थियो ।

ताप्लेजुङ – ताप्लेजुङमा फोहरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ । जङ्गलमा फालिएको फोहरको थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा आज शुक्रवार प्रहरीले ती सुन फेला पारेको हो ।

गएको असोज १७ गते ताप्लेजुङको फुङलिङको कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ को जङ्गलमा फोहर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो ।

यसअघि चार जना लुटेरालाई प्रहरीले पक्राउ गर्दा उनीहरूको साथबाट १४३ तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले बरामद गरिएको थियो । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०८:२३
हजुरको प्रतिक्रिया