कुल संक्रमितकाे संख्या ४ हजार १ सय ७५ पुग्याे
पोखरा । गण्डकी प्रदेशमा आइतबार १ जनाको मृत्युसहित थप १५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचाररत विनय त्रिवेणी गाँउपालिक, दुम्किबासका ३६ वर्षिय पुरुषको हिजो शनिबार दिँउसो मृत्यृ भएको हाे । अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए । योसँगै प्रदेशमा मृत्यृ हुनेको संख्या ३४ पुगेको छ ।
आइतबार संक्रमित हुनेहरूमा नवलपरासीको मध्यबिन्दु अस्पतालका ५ जना कर्मचारी, तनहुँमा जि.पी.कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनमा कार्यरत कर्मचारी गरि ५ जना, तनहुँकै ब्यास यातायात प्रा.लि.मा कार्यरत कर्मचारी १ जना, दमाैली अस्पतालका १ जना चिकित्सक, बाग्लुङ २ र ३ मा कार्यरत १३ जना नेपाली सेना लगायत प्रदेशमा १५९ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको हाे । पछिल्लो समय बर्दघाट सुस्तापूर्ब नवलपरासीमा काेरोनाको संक्रमण भुसको आगो झै फैलिएको छ । आइतबार नवलपरासीमा मात्र १०० जनालाइ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
यस्तै, आइतबार संक्रमित हुनेहरुमा तनहुँका २७ जना, लमजुङका ६ जना, स्याङ्जाका २ जना, बाग्लुङ्का १८ जना, गोरखाका २ जना र कास्कीका ४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोराेना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ हजार १ सय ७५ पुगेको छ ।
प्रकाशित मिति २०७७ असोज १८ गते आइतबार ०८:३६




