२०८३ असोज २३ गते शुक्रबार

नेकपा एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

नेकपा एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्ण पाठसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १५ गते मंगलबार ०२:५६

घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

 

काठमाडौं

 

नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको याक एन्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट घोषणापत्र सार्वजनिक गरेका हुन् ।

 

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर चुनावी घोषणापत्र ल्याएको हो । घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

 

घोषणा पत्रमा एमालेलाई किन मतदान गर्ने भन्ने विषयलाई प्रष्ट्याउने प्रयास गरिएको छ । ९६ पृष्ठ लामो घोषणापत्र तयार गर्नु अघि विभिन्न माध्यमबाट सुझाव लिइएको थियो भने अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्जमा सुझाव समिति बनेको थियो ।

 

प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार ०२:५६
हजुरको प्रतिक्रिया