२०८३ असोज २३ गते शुक्रबार

कांग्रेसकाे घाेषणाः ६५ वर्षमा वृद्ध भत्ता, १० हजार किरिया खर्च (पूर्णपाठसहित)

कांग्रेसकाे घाेषणाः ६५ वर्षमा वृद्ध भत्ता, १० हजार किरिया खर्च (पूर्णपाठसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १५ गते मंगलबार ०४:३८

नेपाली कांग्रेसले  शनिबार सार्वजनिक गरेकाे आसन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावकाे घोषणापत्रमा लाेकप्रिय कार्यक्रम अघि सारेकाे छ। शनिबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं...

नेपाली कांग्रेसले  शनिबार सार्वजनिक गरेकाे आसन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावकाे घोषणापत्रमा लाेकप्रिय कार्यक्रम अघि सारेकाे छ। शनिबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं घोषणापत्र मस्यौदा समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसमिति संयोजक स्वर्णिम वाग्ले लगायतले ५२ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्कजस्ता घाेषणा उल्लेख गरिएकाे छ ।  ५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन, अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने, साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्नेजस्ता चुनावी संकल्प पनि कांग्रेसले अघि सारेकाे छ।

हेर्नुहाेस् पूर्णपाठ

प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार ०४:३८
हजुरको प्रतिक्रिया