२०८३ असोज २३ गते शुक्रबार

यु–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्लादेश खेल्दै

यु–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्लादेश खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १९ गते शनिबार ०८:१३

आयोजक बङ्लादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

काठमाण्डाै – बङ्लादेशमा चलिरहेको १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्लादेश खेल्दैछन् ।

खेल ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । आयोजक बङ्लादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

आफ्नो पहिलो खेलमा नेपाल र बङ्लादेश दुवैले भुटानलाई हराएका थिए । बिहीवार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्लादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । नेपाल ३ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

बङ्लादेश ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भुटान अङ्कविहीन रहँदै पुछारमा छ । च्याम्पियनसिपमा आयोजक बङ्लादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति २०७९ कात्तिक १९ गते शनिबार ०८:१३
हजुरको प्रतिक्रिया