यस्तै ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवस्था गर्ने, ५ वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पु¥याउने, जनकपुर चुरोट काराखानालाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्ने, वीरगञ्ज ठोरी, वीरगञ्ज पथलैया, जनकपुर ढल्बेवर र गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना रहेको उल्लेख छ ।
भौतिक पूर्वाधार अन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्याउने, काठमाडौं–निजगढ फास्ट्रयाक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगञ्जसम्म पु’याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
मधेशको सारक्षरता अभिवृद्धि तथा व्यावसायिक शिक्षाको प्रबद्र्धन गर्न यो अवधिमा मधेशभित्र इञ्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरु समेत अघि सारेको छ । स्वास्थ्य क्षेत्र अन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिने समेत जनाइएको छ ।
संकल्प पत्रमा ८० वर्ष भन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिने, संघीय सरकारसँगको सम्बन्धलाई मजबुत बनाउँदै नागरिकतासम्बन्धी समस्या समाधान, प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी समस्या समाधान, जनसंख्याको आधारमा मधेशमा बजेट वृद्धि गर्न पहल गर्ने उल्लेख समेत उल्लेख छ ।
सबै जनताको आफ्नै घर, राम्रो शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, स्वच्छ खानेपानी, विजुली, सर्वसुलभ यातायात, सुरक्षा तथा सम्मान तथा सर्वसुलभ सञ्चार उपलब्ध भए मात्रै प्रदेश समृद्ध समुन्नत र सुखी हुने आकर्षक नाराहरु अघि सारेको छ ।




