२०८३ असोज २३ गते शुक्रबार

स्याङ्जाकाे वालिङमा चितुवाको आक्रमणबाट तीन जना घाइते

स्याङ्जाकाे वालिङमा चितुवाको आक्रमणबाट तीन जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०१:१७

चितुवाको आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् ।

स्याङ्जा  । स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएको हो ।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा ल्याइएको छ ।  उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितुवालाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको स्थानीयले बताएका छन् ।

चितुवालाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०१:१७
हजुरको प्रतिक्रिया