२०८३ असोज २३ गते शुक्रबार

यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा

यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ०५:०९

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

काठमाण्डौ – यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको लागि नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदील आलम, अर्जुन साउद र गुलसन झा परेका छन् ।

नेपालले त्रिवी क्रिकेट मैदानमा यही कात्तिक २९, ३० र मंसिर २ गते यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०५:०९
हजुरको प्रतिक्रिया