२०८३ साउन २१ गते बिहीबार

प्रताप दासको ‘अञ्जानैमा…’ सार्वजनिक (भिडियो)

प्रताप दासको ‘अञ्जानैमा…’ सार्वजनिक (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १७ गते बुधबार ०४:१८

गायक प्रताप दासको स्वरमा ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो । सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने...

गायक प्रताप दासको स्वरमा ‘अञ्जानैमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरोज पोखरेलद्वारा संगीतबद्ध गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।
सत्यराज चौलागाईंले उक्त गीत रचना गरेका हुन् भने रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा चर्चित मोडल दीपक घिमिरे फिचर्ड छन् ।

उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छिन् ।

भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।

https://youtu.be/_oajSAcPWq4

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ०४:१८
हजुरको प्रतिक्रिया