२०८३ साउन २१ गते बिहीबार

मगर संस्कृति र संस्कारमा बनेकाे घरज्वाइँ कस्ताे छ ? ( टिजर )

मगर संस्कृति र संस्कारमा बनेकाे घरज्वाइँ कस्ताे छ ? ( टिजर )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३० गते आइतबार ०६:४८

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ...

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ ।

दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ । टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलार्य घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ ।

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा जनक घर्ती मगरको निर्माण छ । जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।

रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिलकै कथा, अनिल, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ ।

असार २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ । सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।

एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रकाशित मिति २०८१ वैशाख ३० गते आइतबार ०६:४८
हजुरको प्रतिक्रिया