शिक्षक, आर्मी, प्रहरी, विरामीदेखि चिकित्सक तथा कर्मचारीसम्म संक्रमित
पोखरा । पाेखरामा बुधबार थप २४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयले साँझ ५ :१५ बजे जारी गरेको विज्ञप्तीमा पोखरा महानगरपालिकाका २४ जना सहित प्रदेशमा ९२ जना संक्रमित थप भएको उल्लेख छ ।
बुधबार पोखरा महानगरपालिका वडा नं ६ मा ८ जना, ८ मा ५ जना, १६ मा २ महिलासहित ३ जना, पोखरा- १७ मा एक महिला र एक पुरुष गरि २ जना, पोखरा-३, ९, १२ २१ र ३३ मा एक/एक तथा वडा नखुलेकाे थप गरि २४ जना संक्रमित बनेको निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिकाको वार्ड नखुलेका ६२ बर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररत विरामी भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
यता, बाग्लुङ्मा बुधबार ३२ जना संक्रमित थपिएका छन । जसमध्ये बाग्लुङ-२ का २७ जना पुरुष नेपाल आर्मीमा र ३८ बर्षीय १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन भने बाँकि भारतबाट फर्किनेहरुमा संक्रमण देखिएको हो । यस्तै, बर्दघाट सुस्ता पुर्व नवलपरासीमा १३ जना, स्याङजामा ९ जना, तनहुँमा ७ जना, लमजुङमा ३ जना, गाेरखामा २ जना र म्याग्दीमा २ जना संक्रमित थपिएका छन । तनहुँ जिल्ला, ब्यास ३ का संक्रमित जिल्ला अस्पताल, दमौलीमा कार्यरत चिकित्सक हुन भने भिमाद ६ का दुईजना पुरुष स्थानीय स्कुलका शिक्षक रहेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
बुधबार संक्रमण पुष्टि हुनेहरुमा तनहुँ जिल्ला, ब्यास-१२ का संक्रमित कृषि सामग्री कम्पनि लि. मा कार्यरत कर्मचारी र तनहुँ जिल्ला, ब्यास नगरपालिकाका ५१ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन । म्याग्दीमा भेटिएका संक्रमित दुवैजना नेपाल आर्मीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४०१ पुगेको छ ।





