२०८३ साउन २१ गते बिहीबार

निर्बाधरूपमा प्रचार गर्ने वातावरण बनाउन आयोगको पुनः निर्देशन

निर्बाधरूपमा प्रचार गर्ने वातावरण बनाउन आयोगको पुनः निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २८ गते सोमबार ०९:४७

आयोगले विज्ञप्ति निकालेर उम्मेदवारको गाडीमा तोडफोड तथा झडपका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पोखरा । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न पुनस् ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रचारप्रसारको वातावरण सहज बनाउन यसअघि कात्तिक २२ गते गृह मन्त्रालयमार्फत् ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर चितवन लगायतका जिल्लामा उम्मेदवार चढेको गाडीमा तोडफोड तथा दुई पक्षबीच झडप हुने घटना बढेपछि आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।

आयोगले विज्ञप्ति निकालेर उम्मेदवारको गाडीमा तोडफोड तथा झडपका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा चुनावमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुने भन्दै निर्बाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई पुनः निर्देशनसहित ध्यानाकर्षण गराइएको उल्लेख छ ।

विज्ञप्तिमा एकै ठाउँमा एकभन्दा बढी दल तथा उम्मेदवारको कार्यक्रम नगर्ने व्यवस्था गर्न प्रशासन कार्यालयहरुलाई निर्देशन दिनुको साथै यो नियमको पालना गर्न दल तथा उम्मेदवारलाई आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार ०९:४७
हजुरको प्रतिक्रिया