२०८३ असोज २३ गते शुक्रबार

यूएईसँग नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज

यूएईसँग नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३० गते बुधबार ०८:५७

काठमाण्डौ – नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुँदैछ । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–०...

काठमाण्डौ – नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुँदैछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति २०७९ कात्तिक ३० गते बुधबार ०८:५७
हजुरको प्रतिक्रिया