२०८३ साउन २१ गते बिहीबार

चुनावको तयारी पूरा, मंसिर २२ सम्ममा अन्तिम नतिजा: निर्वाचन आयोग

चुनावको तयारी पूरा, मंसिर २२ सम्ममा अन्तिम नतिजा: निर्वाचन आयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०४:२४

यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिएका छन् ।

काठमाण्डौ 

निर्वाचन आयोगले आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने बताए । उनले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको पनि बताए ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ । स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने समेत बताए । यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिएका छन् ।

थपलियाले चुनावमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। थपलियाले समानुपातिकबाहेक प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको बताए । चुनावका लागि आठ करोड मतपत्र छापिएको उनले जानकारी दिए । उनले सात हजार दुई सय १९ जनाले चुनावको पर्यवेक्षण गर्ने भन्दै १८ कुटनीतिक नियोगले अनुगमन गर्ने बताए । त्यस्तै, थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नतिजा लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०४:२४
हजुरको प्रतिक्रिया