२०८३ साउन २१ गते बिहीबार

स्याङ्जाको चापाकोट–१ मा मतदान रोकियो

स्याङ्जाको चापाकोट–१ मा मतदान रोकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ४ गते आइतबार ०४:०२

स्याङ्जा – स्याङ्जाको चापाकोट–१ मा रहेको भानु माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ । आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच...

स्याङ्जा – स्याङ्जाको चापाकोट–१ मा रहेको भानु माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ ।

आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापा र कांग्रेस प्रतिनिधि भरत वस्तीबीच विवाद भएपछि मतदान रोकिएको हो ।

प्रहरीले एक राउन्ड हवाइ फायर गरेर वातावरण शान्त बनाएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए । उनका अनुसार फेरि मतदान सुरु गर्न आवश्यक छलफल भइरहेको छ ।

प्रकाशित मिति २०७९ मंसिर ४ गते आइतबार ०४:०२
हजुरको प्रतिक्रिया