२०८३ साउन २१ गते बिहीबार

संघमा घन्टी, प्रदेशमा हलोको अग्रता

संघमा घन्टी, प्रदेशमा हलोको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ५ गते सोमबार ०४:०१

प्रतिनिधि सभामा रास्वपाले अनपेक्षित रुपमा अग्रता लिइरहँदा प्रदेश सभामासमेत राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिइरहेको छ ।

पोखरा

कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडलेले लगातार अग्रता कायम गरिरहेका छन् । मुख्य प्रतिस्पर्धी भनिएका नेकपा एमालेका विद्या भट्टराई र गठबन्धनका साझा उम्मेदवार नेकपा एसका श्रीनाथ बराललाई पछि पार्दै उनले अग्रता कायम राखेका हुन् ।

सोमबार बिहानबाट सुरु भएको कास्की क्षेत्र नं २ को २ हजार ८८९ मतगणना भइसक्दा कँडेल १ सय ८५ मतले अगाडि छन् । उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । कँडेलले ८ सय ७५ मत पाउँदा भट्टराईले ६ सय ९० मत पाएकी छन् ।

सत्तारुढ गठबन्धनबाछ उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल तेस्रो स्थानमा छन् । उनले ४ सय ६९ मत पाएका छन् । गठबन्धनका साझा उम्मेदवार बराललाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारसँग झिनो मतान्तरले मात्रै अगाडि छन् । उनलाई राप्रपाका उम्मेदवार सवर्णराज पन्तले ४ सय ५१ मतसहित पछ्याइरहेका छन् ।

अहिले कास्की २ क्षेत्रअन्तर्गत पोखरा महानगर–१५ को मतगणना भइरहेको छ । उक्त नेकपा एमालेको प्रभावक्षेत्रका रुपमा लिइन्छ । तर, सोही वडामा नै रास्वपाका कँडेलले अग्रता लिइरहेका हुन् ।

प्रदेशमा हलो अघिअघि

प्रतिनिधि सभामा रास्वपाले अनपेक्षित रुपमा अग्रता लिइरहँदा प्रदेश सभामासमेत राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिइरहेको छ । यस क्षेत्रमा राप्रपाबाट विजयबहादुर भण्डारी उम्मेदवार छन् ।

प्रदेश सभाअन्तर्गत अहिलेसम्म २ हजार ८२ मत गनणा सकिएको छ । जसमा राप्रपाका भण्डारीले ८२६ मतसहित अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार भीम कार्कीले पछ्याइरहेका छन् । कार्कीले ५ सय ६१ पाएका छन् ।

त्यस्तै, तेस्रो स्थानमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछाने छन् । उनले ३ सय ३० मत पाएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टी ९लौरो०ले २ सय १३ मत पाएको छ ।

कास्की क्षेत्र नं। २ मा पोखरा महानगरका १६, २०, ११, ४, ७, ८, ९, १५, १७, २१ र ३३ वडा पर्छन् । गत स्थानीय तहमा यस क्षेत्रमा सत्तारुढ गठबन्धन नेकपा एमालेभन्दा एक हजार मतले अगाडि थियो । यो क्षेत्रमा पर्ने वडामध्ये ५ वटा नेकपा एमाले र ६ वटा वडा नेपाली कांग्रेसले जित निकालेको थियो ।

कास्की २ मा ७९ हजार १३८ मतदाता छन् । जसमध्ये ४९ हजार ९३० मत खसेको छ । यो क्षेत्रमा ५ स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति २०७९ मंसिर ५ गते सोमबार ०४:०१
हजुरको प्रतिक्रिया