२०८३ असोज २३ गते शुक्रबार

आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने

आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ११ गते आइतबार ११:४९

काठमाडौं आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

काठमाडौं

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

१० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

प्रकाशित मिति २०७९ मंसिर ११ गते आइतबार ११:४९
हजुरको प्रतिक्रिया