२०८३ असोज २३ गते शुक्रबार

विश्व कप फुटबलमा आजबाट नकआउट चरण, नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया खेल्दै

विश्व कप फुटबलमा आजबाट नकआउट चरण, नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १७ गते शनिबार १०:०१

कतार फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् । राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह...

कतार
फिफा विश्व कप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । आज नकआउट चरण अर्थात् राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।

राउण्ड अफ १६ को पहिलो खेलमा आज राति पौने नौ बजे नेदरल्यान्ड्स र अमेरिका खेल्दैछन् । नेदरल्यान्ड्स समूह – ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका समूह बी को उपविजेता बनेको थियो।

यस्तै दोस्रो खेलमा राति पौने १ बजे अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना समूह सी को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अस्ट्रेलिया समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति २०७९ मंसिर १७ गते शनिबार १०:०१
हजुरको प्रतिक्रिया