२०८३ साउन २१ गते बिहीबार

सरकारले जागिर सिर्जना गर्दैनः महावीर पुन

सरकारले जागिर सिर्जना गर्दैनः महावीर पुन

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ मंसिर १७ गते शनिबार ०३:४८

‘अहिलेको चुनावमा पार्टीहरुले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने, ‘ जुन कुरा गलत हो । सरकारले कुनैपनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन् ।’

पोखरा
मंसिर ४ मा सकिएको आम निर्वाचनअगाडि मतदाता रिझाउन प्रमुख दलका घोषणापत्रमा रोजगारी सिर्जनाको एजेण्डा प्राथमिकताका साथ समेटिए । आगामी ५ वर्षमा २० लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरुले वाचा गरेका छन् ।

सबैभन्दा कम नेकपा एमालेले ५ वर्षमा ५ लाखलाई रोजगारी दिने घोषणपत्रमा उल्लेख गरेको छ । नेपाली कांग्रेसले १२ लाख ५० हजारलाई रोजगारी उपलब्ध गराउने वाचा गर्दा नेकपा माओवादीले अधिकतम् २० लाख सिर्जना गर्ने आश्वासन बाँड्यो ।

सरकारले रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताको अन्त्य हुने आशमा आम नेपालीहरु छन् । तर, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन रोजगारी सिर्जना गर्ने दलहरुको घोषणापत्रविरुद्ध सुनिए ।

‘अहिलेको चुनावमा पार्टीहरुले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने, ‘ जुन कुरा गलत हो । सरकारले कुनैपनि देशमा कहिल्यै पनि रोजगारी सिर्जना गर्दैन् ।’

सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको उनको तर्क छ । ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यावसायले हो’, उनले भने, ‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ । त्यहाँ रोजगारीको सिर्जना भयो ।’

व्यवसाय सञ्चालनको उचित वातावरणको प्रबन्ध मिलाइदिने काम सरकारको भएको महावीरको भनाइ छ । ‘सरकाको काम उद्योगधन्दा खुल्नलाई राम्रो वातावरण बनाइदिने हो । सजिलो नियम कानुन बनाइदिने हो जुन नियम कानुनले लगानीकर्तालाई प्रोत्साहन होस्’, उनले भने ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्यगिक व्यापार मेलामा उद्यमीलाई प्रोत्साहन गर्न रमन म्यागसेसे पुरस्कार विजेता महावीर पुुनसँग शनिबार साक्षत्कार कार्यक्रम राखेको थियो । पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको कार्यक्रममा सरकारले सहज नीति नियम बनाइदिएको खण्डमा लगानीकर्ता खुशीका साथ आएर उद्योगधन्दा खोल्ने जिकिर गरे । रोजगारी सिर्जना गर्नलाई व्यवसायी उत्पादन गर्न जरुरत रहेको बताए ।

‘कलेजमा पढाएर युनिभर्सिटीमा पढाएर व्यवसायी उत्पादन हुँदैन । कतिले यो कलेजमा पढाएर हामीले व्यवसायी उत्पादन गर्छौं ठान्छन् । कलेजमा युनिभर्सिटीमा पढेर केही आइडिया लिने बेग्लै कुरा हो,’ उनले भने, ‘तर कलेजमा पढ्दैमा यूनिभर्सिटीमा पढ्दैमा कोही व्यवसायी बन्दैन ।’

व्यवसायीमा सिर्जनशिलता हुने पुनले बताए । सिर्जनशिलतालाई मलजल गर्नपर्ने उनको ठम्याइँ छ ।

प्रकाशित मिति २०७९ मंसिर १७ गते शनिबार ०३:४८
हजुरको प्रतिक्रिया