२०८३ साउन २१ गते बिहीबार

दिपक मनाङे समाजवादी प्रवेश

दिपक मनाङे समाजवादी प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०६:५६

पोखरा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे (राजिव गुरुङ) नेकपा एकीकृत समाजवादी पार्टीमा प्र्रवेश गरेका छन् । सोमबार मनाङेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि समाजवादी प्रवेश गरेका हुन् । उनी...

पोखरा
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे (राजिव गुरुङ) नेकपा एकीकृत समाजवादी पार्टीमा प्र्रवेश गरेका छन् । सोमबार मनाङेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि समाजवादी प्रवेश गरेका हुन् ।
उनी गण्डकी प्रदेश सभामा मनाङ ‘ख’ बाट सर्वसम्मत निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा निर्वाचित भएका हुन् ।
मनाङेले आफ्नो राजनीतिक उदेश्यसँग मेल खाने पार्टी समाजवादी भएकाले प्रवेश गरेको प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।

नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेश सभामा १ मात्र सिट पाएको थियो । नवलपुर २ (ख) एकीकृत समाजवादीको पोल्टामा पर्दा गोपाल खनालले उम्मेदवारी दिए । गण्डकीमा साँख जोगाउनलाई उम्मेदवारी दिएका खनालले पराजय व्यहोरे । प्रदेश सभामा १ सिट पनि जित निकाल्न नसक्दा समाजवादी पत्तासाफ भएको थियो । मनाङे समाजवादी प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा समाजवादी १ सिटे पार्टी बनेको छ ।

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०६:५६
हजुरको प्रतिक्रिया