२०८३ साउन २१ गते बिहीबार

स्पेन पेनाल्टी सुट आउटमा मोरक्कोसँग स्तब्ध

स्पेन पेनाल्टी सुट आउटमा मोरक्कोसँग स्तब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ०८:३१

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

पोखरा

मोरक्को विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । उपाधि दाबेदार मानिएको स्पेनलाई पेनाल्टी सुट आउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा पुगेको हो ।

कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी सुट आउटमा ३—० हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको हो ।

 

पेनाल्टी सुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

 

 

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ०८:३१
हजुरको प्रतिक्रिया