२०८३ साउन २१ गते बिहीबार

म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक (भिडियो सहित)

म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक (भिडियो सहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २१ गते बुधबार ०४:३४

पोखरा गायक नवीन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गुरुङकै शब्द रचना रहेको गीतमा गायिका उषा...

पोखरा

गायक नवीन गुरुङको म्युजिक भिडियो ‘नुबई दरबार’ सार्वजनिक भएको छ । गुरुङ भाषामा रचना गरिएको नुबई दरबार मंगलवार साँझ ‘गुरुङ स्टुडियो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गुरुङकै शब्द रचना रहेको गीतमा गायिका उषा गुरुङले साथ दिएकी छन् भने धन बहादुर गुरुङले संगीतबद्ध गरेका छन् ।

म्युजिक भिडियो गुरुङ समुदायमा प्रचलित रोधीं संस्कृतिको दृष्टिगत गर्दै निर्माण भएको नवीनले बताए । ‘लोप हुँदै गएको गुरुङ भाषा, संस्कार, संस्कृति बचाउने अनि रोधींमा नाचिने थियटर गीतलाई पुनर्जीवित तुल्याउने हेतुले भिडियो निर्माण गरेका हौँ,’ उनले भने, ‘यस अभियानमा हामीलाई देश विदेशमा रहेका गुरुङ समुदाय विभिन्न व्यक्तित्वहरुले साथ दिनु भएको छ । उहाँहरुप्रति आभारी छु।’

भिडियोमा गुरुङ सिनेमाका नायक ओम प्रकाश गुरुङ, दल बहादुर गुरुङ, विपना गुरुङ र मोनिका गुरुङको अभिनय रहेको छ भने विपना गुरुङले नृत्य निर्देशन गरेकी छिन् ।

तमु धिं नेपालको प्रांगणमा छायांकन गरिएको म्युजिक भिडियो सन्दिप तिवारीले निर्देशन गरेका छन् । त्यस्तै छायांकन र सम्पादन पनि तिवारी कै रहेको छ भने अर्जुन वास्तोलाले क्यामरामा सघाएका छन् ।

भिडियो लिंक https://www.youtube.com/watch?v=7AvjF67cQxw&t=2s

 

प्रकाशित मिति २०७९ मंसिर २१ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया