२०८३ साउन २१ गते बिहीबार

कास्कीबाट समानुपातिक सांसद नपरेको भन्दै राप्रपाको कार्यालयमा ताला

कास्कीबाट समानुपातिक सांसद नपरेको भन्दै राप्रपाको कार्यालयमा ताला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २५ गते आइतबार ०७:३०

गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा गण्डकी राप्रपाका अध्यक्षसमेत रहेका स्याङ्जाका पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

पाेखरा

गण्डकी प्रदेश सभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । राप्रपाले प्रत्यक्षतर्फ जित्न नसके पनि गण्डकी प्रदेश सभामा २ वटा सिट समानुपातिक तर्फ पाएको छ ।

कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत ल्याउने जिल्लालाई पर्घेलेर समानुपातिक सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा गण्डकी राप्रपाका अध्यक्षसमेत रहेका स्याङ्जाका पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।

तमु जनजातीतर्फ र विन्दु खसआर्य महिलातर्फबाट १ नम्बरमा थिए । तर, कास्कीका कार्यकर्ताले भने मिलाउने ठाउँ हुँदा हुँदै पनि बर्घेलिएको बताएका छन् । ‘कास्कीबाट समानुपातिक सांसद नपरेको भन्दै असन्तुष्ट कार्यकर्ताले ताला लगाउनुभएछ,’ कास्की राप्रपा प्रवक्ता अरुण गिरीले भने, ‘सबैभन्दा धेरै मत कास्कीले ल्याउने तर एक जना पनि सांसद नपार्ने भन्ने असन्तुष्टि पार्टी नेतृत्वप्रति देखिएको होला ।’

कास्कीका नारायण गुरुङ, सुनीता केसी, वरुणविक्रमण राणासहित ५ जना बन्द सूचीमा थिए । राप्रपाले कास्कीमा १७ हजार ८ सय ८२ र प्रदेशमा ५९ हजार ४ सय ८३ ल्याएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २५ गते आइतबार ०७:३०
हजुरको प्रतिक्रिया