२०८३ असोज २३ गते शुक्रबार

धनुषामा श्रीमानद्वारा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

धनुषामा श्रीमानद्वारा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार ११:२७

आइतबार राति यादवले रीतादेवीलाई सुतिरहेको अवस्थामा बन्चराेले हानी घाइते बनाएर अर्को घरमा सुत्न गएका थिए । घटनालाई ढाकछोप गर्न केही बेरपछि घरमा आएर श्रीमतीलाई उपचारको लागि काव्या अस्पताल उनैले लगेका थिए ।

धनुषा

 

धनुषामा श्रीमानले बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरमा सुतिरहेको अवस्थामा धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरकी २७ वर्षीया श्रीमती रीतादेवी यादवको श्रीमान वीरेन्द्र यादवले हत्या गरेका हुन् ।श्रीमतीकाे हत्या आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार आइतबार राति यादवले रीतादेवीलाई सुतिरहेको अवस्थामा बञ्चरोले हानी घाइते बनाएर अर्को घरमा सुत्न गएका थिए । घटनालाई ढाकछोप गर्न केही बेरपछि घरमा आएर श्रीमतीलाई उपचारको लागि काव्या अस्पताल उनैले लगेका थिए ।

 

अस्पताल लगिएपनि रीतादेवीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ । श्रीमतीलाई बन्चरो प्रहार गरेको यादवले स्वीकार गरेको प्रहरीको भनाइ छ । रीतादेवीको हत्या हुनु अघि घरमा बिजुली काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यादवले किन श्रीमतीको हत्या गरे अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ११:२७
हजुरको प्रतिक्रिया