२०८३ साउन २१ गते बिहीबार

शेयर बजार आज १७ अङ्कले बढ्यो, १ अर्ब ३६ करोड रुपैयाँको कारोबार

शेयर बजार आज १७ अङ्कले बढ्यो, १ अर्ब ३६ करोड रुपैयाँको कारोबार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार ०५:०४

आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

पोखरा
हिजो (आइतवार) ३२ अङ्कले घटेको शेयर बजार आज ९सोमवार० भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।

आज बैंकिङबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को शेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ०५:०४
हजुरको प्रतिक्रिया