२०८३ असोज २३ गते शुक्रबार

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार ०५:३८

 टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ०५:३८
हजुरको प्रतिक्रिया