२०८३ साउन २१ गते बिहीबार

पोखरा बस्ने तीन युवा बलात्कार आरोपमा बागलुङमा पक्राउ

पोखरा बस्ने तीन युवा बलात्कार आरोपमा बागलुङमा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २७ गते मंगलबार १०:१७

पर्वतको कुश्मा– ३ दुर्लुङका १६ वर्षीया र १५्/१५ वर्षीया तीन किशोरी शनिबार घरमा खबर नगरी कालिका मन्दिर घुम्न निस्केको र शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

पोखरा

पोखरामा बस्दै आएका तीन युवा बलात्कारको आरोपमा बागलुङमा पक्राउ परेका छन् । पर्वतका तीन किशोरीलाई बलात्कार गरेको आरोपमा ती युवाहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुंगका तीन किशोरी बलात्कार गरेको आरोपमा युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) शारदाप्रशाद चौधरीले जानकारी दिए ।

पर्वतको कुश्मा– ३ दुर्लुङका १६ वर्षीया र १५्/१५ वर्षीया तीन किशोरी शनिबार घरमा खबर नगरी कालिका मन्दिर घुम्न निस्केको र शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

उनीहरु राति अबेरसम्म घरसम्म नफर्केपछि परिवारले खोजीका लागि प्रहरीमा खबर गरेका थिए । प्रहरीले उनीहरुलाई बसकै होटलमा फेला परेको थियो । किशोरीहरुले तीन युवाले आफूहरुलाई जर्बजस्ती करणी गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका युवाहरुलाई बागलुङका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । ‘पक्राउ परेकाहरुको अदालतबाट म्याद थप भई अनुसन्धान अगाडि बढेको छ’ एसएसपी चौधरीले भने ।

प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार १०:१७
हजुरको प्रतिक्रिया